२४ जेठ २०८३, आइतबार

काठमाडौंको गोकर्णेश्वरमा एक युवकको हत्या, पाँच जना पक्राउ

जेठ ५, २०८२
काठमाडौं
काठमाडौंको गोकर्णेश्वरमा एक युवकको हत्या, पाँच जना पक्राउ

काठमाडौंको गोकर्णेश्वरमा एक युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर–१ मा बसोबास गर्ने २९ वर्षीय प्रविण तामाङ, सर्लाही बागमती गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर–२ मा बस्ने २३ वर्षीय समिर वाइवा तामाङ, सोही ठाउँका २६ वर्षीय अभिषेक वाइवा तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल गोकर्णेश्वर बस्ने २९ वर्षीय दीपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–७ घर भएका २८ वर्षीय अनुराग तामाङ रहेका छन्।

उनीहरूले  वैशाख ३० गते राति करिब ९ बजेतिर गोकर्णेश्वर नगरपालिका-२, नयाँपाटीस्थित एक किराना पसलमा बसेका ३७ वर्षीय बलिन्द्र प्रकाश राईमाथि आक्रमण गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त घटनापछि फरार रहेका पाँच जना प्रहरीले नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएको छ । हाल उनीहरूविरुद्ध प्रहरी वृत्त बौद्धबाट कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्