०२ असार २०८३, मंगलबार

युएईमा अष्टमी गुरुङ मृत्यु प्रकरणः आरोपी साइमन काजी पक्राउ

मंसिर १७, २०७४
युएईमा अष्टमी गुरुङ मृत्यु प्रकरणः आरोपी साइमन काजी पक्राउ

 काठमाडौं, १७ मंसिर— युएईमा नेपाली युवती अष्टमी गुरुङको मृत्यु प्रकरणमा मुछिएका अरबियन गल्फ किल्निङ् कम्पनीका सुपरभार्इजर साइमन काजी पक्राउ परेको समाचार छ   ।

मृतक अष्टमीको मोबाइलमा भेटिएको भनिएको भिडियोमा  साइमनले बलात्कार गरेको र आत्महत्या गर्न बाध्य पारेको  रेकर्ड भएको बताइएको छ  । सोहि भिडियोपछि साइमन घटनामा मुछिएका थिए । 


उक्त कम्पनीका नेपालीहरुले दिएको जानकारीअनुसार  शनिबार साइमनलार्इ दुबर्इ प्रहरीले नियन्त्रणमा लिएको हो।
अन्य तीन नेपालीलार्इ पनि सोधपुछका लागि नियन्त्रणमा लिएको भएपनि  गएरातीनै  छाडीएको  सो कम्पनीका  एक नेपालीले बताए । 

यता राजदुताबास आबुधावीका कार्यबाहक राजदुत नेत्रबहादुर टण्डलले मृतक अष्टमीले रेकर्ड गराएकी भिडियो अरबियन भाषामा ट्रान्सलेट गरि प्रहरी अनुसन्धान बिभागलार्इ बुझाइएको भएपनि थप  जानकारी आउन नसकेको बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्