३१ जेठ २०८३, आइतबार

मोटरसाइकलको साइलेन्सर पाइपभित्र १७ किलो सुन, बालाजुबाट यसरी समातिए छुल्टीम

मंसिर १७, २०७४
मोटरसाइकलको साइलेन्सर पाइपभित्र  १७ किलो सुन, बालाजुबाट यसरी समातिए  छुल्टीम

काठमाडौँ, १७ मंसिर  -  महानगरीय प्रहरी वृत्त बालाजुले सत्र किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । 

वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने छुल्टीम तामाङलाई शनिबार साँझ बालाजु चोकबाट पक्राउ गरेको हो । 

वृत्तले आज पत्रकार सम्मेलन गरी बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर पाइपभित्र लुकाएर ल्याएको अवस्थामा ती सुन फेला पारेको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामदत्त जोशीले साइलेन्सर पाइपभित्र चारपाटे आकारको फल्स बटम बनाई त्यसभित्र तीन पोका बनाएर तामाङले सुन लुकाएर ल्याएको जानकारी दिए । 

सुन रसुवाको केरुङ, नुवाकोट, धादिङको गल्छी हुँदै काठमाडौँ भित्रिएको अनुसन्धानबाट खुल्न आएको छ । वृत्तले पक्राउ परेका तामाङबाट एक चिनिया नम्बर र अर्को नेपाली नम्बर रहेको मोबाइलसमेत बरामद गरेको छ । 

बजार मूल्यअनुसार १७ किलो सुनको मूल्य रु आठ करोड आठ लाख ९४ हजार ५०० हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्