२४ जेठ २०८३, आइतबार

असनमा योमरीको व्यापार (फोटोफिचर)

मंसिर १७, २०७४
असनमा योमरीको व्यापार  (फोटोफिचर)

काठमाडौं, १७ मंसिर—सधैं भीडभाड रहने राजधानीको व्यस्त बजार असनमा आइतबार थप भिडभाड देखियो ।  नेवार समूदायको चाड योमरी पुन्हीको अवसमा असनमा बेच्न राखिएको  योमरी किन्नेहरुका कारण असन थप भीडभाड बन्न पुगेको हो ।   

नेवार समूदायको विशेष परिकार मानिने योमरीको स्वाद चाख्नको लागि  मधेसी, हिमाली पहाडी  सबै समूदायका मानिस आएको  व्यापारी निराजन शाहीले बताए । उनले योमरीको व्यापार राम्रो रहेको बताउँदै आफूलेमात्रै शनिबारदेखि  आइतबार साँझसम्म ६०  हजारबढी  पिस बेचेको जानकारी दिए ।   एक पिस योमरीको ६० रुपयाँमा बेच्ने गरेको पनि उनले जानकारी दिए । 

 योमरीको व्यापार सोमाबारसम्म गरिने व्यापारीहरु बताउँछन्   । 

धन्यपुर्णिमाको दिन नेवार समुदायले योमरी पूनी मनाउँछन्। सोहि अवसरमा योमरी खाने प्रचलन सो समूदायमा रहेको छ । 

नेवारी भाषामा यो  भन्नाले  मन पर्ने र मरी भन्नाले  रोटी भन्ने बुझिन्छ। योमरी भित्र विषेशगरी चाकु र खुवा राख्ने चलन छ ।


 

salt training

कमेन्ट गर्नुहोस्