२९ जेठ २०८३, शुक्रबार

निर्वाचन विरोधी गतिविधिमा संलग्न प्रधानाध्यापक पक्राउ

मंसिर १७, २०७४
निर्वाचन विरोधी गतिविधिमा संलग्न प्रधानाध्यापक पक्राउ

खोटाङ, १७ मंसिर - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संलग्न रहेर जिल्लामा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा लामिडाँडा गाउँपालिका–२ खार्पाका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । 

मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनलाई लक्ष्य गरेर विभिन्न ठाउँमा बम विस्फोट गराउनुका साथै विभिन्न व्यक्तिको घरजग्गा कब्जा गर्नेसम्मको गतिविधिमा संलग्न रहेको आरोपमा रत्न राज्यलक्ष्मी आधारभूत विद्यालय कुभिण्डेका प्रधानाध्यापक शेखर पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । 

प्रधानाध्यापक पोखरेललाई गएराति लामीडाँडा प्रहरी चौकीको टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्