०२ असार २०८३, मंगलबार

मुख्य कमाण्डरसहित पाँच तालिवान लडाकूको मृत्यु

मंसिर १७, २०७४
मुख्य कमाण्डरसहित पाँच तालिवान लडाकूको मृत्यु


अफगानिस्तान, १७ मङ्सिर - अफगानिस्तानको हेलमान्ड प्रान्तमा सरकारी सुरक्षाकर्मी र तालिवान लडाकूबीच भएको दोहोरो भिडन्तमा परी तालिवान विद्रोहीका मुख्य कमाण्डर मुल्लाह नसिरसहित पाँच तालिवान लडाकूको मृत्यु भएको आइतबार सेनाका उच्च कामाण्डर जनरल वाली मोहम्मद अहमादजाईले बताउनुभएको छ । 

सुरक्षा बलको कारबाहीमा तालिवानका कुख्यात कमाण्डर नसिर तथा चार जना सहयोगी लडाकू मारिएका छन्,सैनिक जनरल अहमादजाईले सिन्ह्वा न्यूज एजेन्सीलाई बताउनुभयो । 

नसिर हेलमाण्डको मुख्य कमाण्डर रहेको र उसको मृत्युपछि तालिवान समूहमाथि ठूलो चोट परेको साथै मुख्य कमाण्डरको मृत्युले विद्रोहीकोे हेलमाण्ड क्षेत्रमा नैतिक धरातल निकै गिरेको, सेनाले बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्