०४ असार २०८३, बिहीबार

निर्वाचनमा बढी खपत हुने सामानको आयात घट्यो

मंसिर १८, २०७४
निर्वाचनमा बढी खपत हुने सामानको आयात घट्यो

काठमाडौं, १८ मङ्सिर-  निर्वाचनका समयमा बढी प्रयोगमा आउने वस्तुको आयात घटेको छ। निर्वाचनको अवसरमा सबैभन्दा बढी खपत हुने अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयातमा कमी आएको छ।

यसअघिका निर्वाचन वर्षमा यस्ता वस्तुको आयात वृद्धि भएकोे थियो। यतिबेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनले देशभर रौनक ल्याएको छ।

निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमा नै पर्याप्त उत्पादन भएकाले आयात घटेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। दोस्रो संविधानसभाको निर्वाचन भएको वर्ष २०७०/७१ मा अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयात ५६ प्रतिशतसम्म बढेको थियो। तर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आव २०७४/७५ मा भने थोरै मात्र ड्राइ फुडको आयात बढे पनि अधिकांशको घटेको छ।

अर्थ मन्त्रालयले दिएका जानकारीअनुसार दोस्रो संविधानसभाको निर्वाचनका बेला आयात भएको उपभोग्य वस्तुको तुलनामा अहिले कमी आएको हो। दोस्रो संविधानसभा निर्वाचनअगाडिको चार महिना भारत र तेस्रो मुलुकबाट हुने सबै उपभोग्य वस्तुमा आयात बढेको थियो। तर अहिले घटेको छ।

आव २०७३/७४ को पहिलो चार महिना (साउन-कात्तिक) सम्ममा अल्कोहलिक पदार्थ ८५ करोड ५४ लाख रुपैयाँबराबरको आयात भएको थियो। तर चालू आव २०७४/७५ को पहिलो चार महिनामा अल्कोहलिक पदार्थको आयातमा १८.४४ प्रतिशतले कमी आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्