०१ असार २०८३, सोमबार

जाँच पास गरेर ६ महिनापछि मात्रै लाइसेन्स, कारण यस्तो

मंसिर १८, २०७४
जाँच पास गरेर ६ महिनापछि  मात्रै  लाइसेन्स, कारण यस्तो

काठमाडौँ, १८ मङ्सिर- ललितपुर इमाडोलकी अञ्जु कँडेलले स्कुटीको परीक्षा पास गरे पनि लाइसेन्स प्राप्त गर्न कम्तीमा ६ महिना कुर्नुपर्ने भएको छ। दुई पटकमा ‘ट्रायल पास’ गरेकी कँडेललाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाले ६ महिनापछि मात्र लाइसेन्सका लागि सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ। 

‘परीक्षाको फाराम भर्न नै समस्या छ। राति नै गएर लाइनमा बस्नुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘त्यगि गरेर फाराम बुझायो। फेरि परीक्षका लागि कुर्नुपर्छ। परीक्षा बल्लबल्ल पास गर्यो लाइसेन्स पाउनै गाह्रो। कँडेलले जस्तै ट्रायल पास गरेर पनि लाइसेन्स प्राप्त नगर्नेको संख्या झण्डै दुई लाख छ। यातायात व्यवस्था विभागले लाइसेन्सको दैनिक माग र उत्पादनमा ठूलो अन्तर रहेकाले ढिलाइ भएको बताएको छ।

विभागका अनुसार हाल दैनिक पाँच हजार लाइसेन्सको माग हुन्छ तर स्मार्ट लाइसेन्स प्रिन्ट भने दैनिक आठ सय वटामात्र हुन्छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्