२७ जेठ २०८३, बुधबार

प्रचण्डका ज्वार्इ आचार्यको घरदैलोमा जे देखियो

मंसिर १८, २०७४
प्रचण्डका ज्वार्इ आचार्यको घरदैलोमा जे देखियो

सुन्दरहरैचा (मोरङ)- मोरङको क्षेत्र नम्बर ६ दुई कारणले चर्चामा छ । पहिलो कारण लालबाबु पण्डित र डाक्टर शेखर कोइरालाबीचको चुनावी प्रतिस्पर्धा हो भने दोस्रोमा यहि क्षेत्रको (क) प्रदेशसभाको लागी प्रचण्डका ज्वाई जीवन आचार्यको उम्मेदवारी । 

नेताहरुमा परिवारवाद हावी भएको आरोप लागिरेहेको भन्दै आलोचना भइरहेको अवस्थामा प्रचण्डका ज्वाइको चुनावी अभियानलाई उत्सुकताका साथ हेरिएको छ । 

उनको चुनावी अभियानलाई लोकान्तरकर्मीले गोठगाँउबाट पच्छयाउन शुरु गर्र्दा दुई थान चारपांगे्र र केही बाइकहरु घरदैलोमा व्यस्त थिए । 

प्रचण्ड परिवारका कोही सदस्य पनि सहभागी नभएको घरदैलोमा आचार्य आफ्नो चुनावी गाडीको पछाडि देखिने गरि बसेका थिए । आफ्ना शुभेच्छुक र समर्थकहरुबाट आएको अभिवादन र नमस्कार फर्काउने र चुनावी गफ गर्ने आचार्य हरपल मुस्कुराइ रहे ।
आफ्नो निर्वाचन क्षेत्रका चोकहरुमा संक्षिप्त  भाषण गर्दै घरदैलोमा हिडेका प्रचण्ड ज्वाई जीवन आचार्यले विकास र संबृद्धिका कुराहरु गरे । 

मौन अवधि शुरु हुनै लाग्दा पूर्वाञ्चल विश्वविद्यालय आसपासमा घरदैलोमा जाँदै आचार्यलै एकै सवाल दोहोर्याइरहे । र भने, ‘मेरो पारिवारि कारणले अस्ति लालबाबु पण्डितसँग सँगै हिड्न पाइन त्यसैले आज आए ।’ 

हरेक चौक र चौरास्तामा स्थानीयको माला र अविर लाएर घरदैलो कार्यक्रममा स्वागत पाएका आचार्यले आफू युवा भएको र यहाँको विकासका कुरामा चिन्तित रहेको बताए । आफैँ शोकमा रहेका आचार्यले पूर्वाञ्चल विश्वविद्यालय जाँने हुन्दरहरैचाको शोकाकुल पराजुली परिवारलाइ पनि समवेदना दिन भ्याए । 

आचार्य विश्वविद्यालय सुधारदेखी  आचार्यको ‘भरियो र हरियो कार्यक्रम’ लाइ अघि सारेर मत मागि रहेका छन् । बुढापाकासँग  आर्शिवाद, र युवाको साथ मागेका आचार्यले हाल विराटनगरमा सिमित पूर्वाञ्चल विश्वविद्यालयको कार्यलय मुख्य संरचना भएको गोठगाँउनै राख्ने प्रतिवद्धता समेत जनाएका छन् । 

 शैक्षिक बेरोजगार अन्त्य गर्ने, सुकुम्बासी समस्या समाधान गर्ने पनि आचार्यले आश्वाशन दिदैँ घरदैलो गरे । धुलाम्य बाटोमा घरदैलो गर्दै आफूलाई जिताए सडकको सुधार गर्ने आश्वासन दिन उनले छुटाएनन् । 

‘मैले यो क्षेत्रका सडकको धुलो तपाँइहरु जसैगरि खाएर हिडेको छु’, मोरङ ६ को प्रदेश (क)का उम्मेदवार आचार्यले डडियाको कोण पिकअप भ्यानको पछाडि बसेरै भने,‘त्यसैले जिताएर विकास निर्माणका निति नियम बनाँउने स्थानमा पुर्याउनु भयो भने म यो धुलाम्मे सडकलाइ पिचाम्मे बनाँउनेछु ।’ जसको लागी आफुले ‘भरियो र हरियो’ कार्यक्रमनै ल्याउने पनि आचार्यले बताए । भने, ‘सुरुमा सडकका खाल्डाखुल्डि भरेर पुर्ने र पीच गर्ने अनि साइडमा हरियाली बोटबिरुवा लगाँउने । यसैलाइ मैले भरियो र हरियो कार्यक्रम भनेको छु ।’

विपीको समाजवाद आफूले कार्यान्वयन गर्ने भन्दै कांग्रेसँग भोट

आइतबार दिनभर मोरङका गाँउगाँउमा घरदैलो अभियानमा सक्रिय ३२ वर्षीय आचार्यले वाम गठबन्धनका अतिरिक्त कांग्रेस मतदाताहरुसँग पनि भोट मागे । 

‘हाम्रो संविधानले पनि समाजवादतर्फ जाँने प्रस्ट लेखेको छ र कांग्रेसको विपीले उठाएको प्रजातान्त्रिक समाजवाद देउवाले बोकेका छैनन्’, सुन्दरहरैचा नगरपालीकाको पुर्वपश्चिम राजमार्ग छेवैको घरदैलो समापन कार्यक्रममा बोल्दै आचार्यले भने, ‘अब देउवाले बिर्सेको प्रजातान्त्रिक समाजवाद हामीले बोक्छैँ त्यसको लागी हजुरले मत दिनुपर्यो ।’

‘मैले प्रचण्डको ज्वाई भएकैले टिकट पाएको हैन’

आफ्नो कुनैपनि घरदैलो कार्यक्रमका स–साना कोणसभामा प्रचण्डको ज्वाइ भएको प्रशंगै ननिकालेका आचार्यलाइ लोकान्तरकर्मीले त्यो प्रशंग निकाल्दा गम्भिर देखिए । भने, ‘मलाइ आज प्रचण्डको ज्वाइ मात्रै देख्नु भएन आजसम्म मैले राजनीतिक संघर्ष गरेर पनि पहिले कुनै लाभको  पद दावा नरेको पनि देख्नुपर्यो ।’ 

आफूले २०५८ सालबाटै मोरङको महेन्द्र मोरङ क्याम्पसबाट माओवादी आन्दोलनमा लागेको बताएका आचार्यले भने, ‘कमल पाण्डे, इश्वरी ढुंगाना लगायतका साथीहरुसँगै म संकटकालको समयमा माओवादी आन्दोलनमा होएिको हुँ ।’ काठमाण्डौको सरस्वती क्याम्पस र पाटन क्याम्पसमा पढ्दाताका पनि आफु निरन्तर माओवादी आन्दोलनमा लागेर कुनैपनि लाभको पद नलिएको आचार्यले बताए । झमक्क साँझ अघिनै चुनावी घरदैलो कोणसभाको विसर्जन गरेका आचार्यले वान टु वान अन्तरवार्तामा समय दिन भ्याए । आफु युवा भएको, पार्टीमा योगदान दिएको र विकासका भिजन भएको दाबि गरेका आचार्यले लोकान्तरसँगको कोणसभा पछिको संक्षिप्त अन्तरवार्तामा पुनः दाहोर्याएः ‘मैलै प्रचण्डको ज्वाई भएकैले चुनावी टिकट पाएको हैन ।’

salt training

कमेन्ट गर्नुहोस्