०२ साउन २०८३, शनिबार

गणेशमानबाट कांग्रेसको सदस्यता लिएका पाण्डे एमाले प्रवेश

मंसिर १८, २०७४
गणेशमानबाट कांग्रेसको सदस्यता लिएका पाण्डे एमाले प्रवेश

गुल्मी १८ मंसिर– गुल्मी जिल्लाको सत्यवती गाउँपालिका अश्लेवा निवासी कांग्रेसका पूराना कार्यकर्ता मणिरत्न पाण्डे एमाले प्रवेश गरेका छन् ।  

विक्रम संवत २०१२ सालमा गणेशमान सिंहको हातवाट नेपाली काँग्रेसको सदस्यता लिएका ८८ बर्षीय पाण्डे वामपन्थीको सरकार हेर्ने मनको धोका पूरा गर्न भन्दै एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले सचिव एवं गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता सुदर्शन वरालले स्वागत गरेका थिए ।

राष्ट्रिताप्रति लिएको अडानका कारण आफू एमाले प्रवेश गरेको पाण्डेले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्