
गुल्मी १८ मंसिर– गुल्मी जिल्लाको सत्यवती गाउँपालिका अश्लेवा निवासी कांग्रेसका पूराना कार्यकर्ता मणिरत्न पाण्डे एमाले प्रवेश गरेका छन् ।
विक्रम संवत २०१२ सालमा गणेशमान सिंहको हातवाट नेपाली काँग्रेसको सदस्यता लिएका ८८ बर्षीय पाण्डे वामपन्थीको सरकार हेर्ने मनको धोका पूरा गर्न भन्दै एमाले प्रवेश गरेका हुन् ।
उनलाई एमाले सचिव एवं गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता सुदर्शन वरालले स्वागत गरेका थिए ।
राष्ट्रिताप्रति लिएको अडानका कारण आफू एमाले प्रवेश गरेको पाण्डेले बताए ।