
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेवेले अग्रता लिएका छन् ।
पोखरामा जारी दशौं महाधिवेशन अन्तर्गत भएको मतदानको पछिल्लो परिणाम अनुसार उनले २७३ मत ल्याउँदा अर्का प्रत्यासी सुमन पुरीले २७१ मत पाएका छन् ।
शुरूआतमा पुरीले अग्रता लिएपनि थेवेले त्यसलाई उल्ट्याएका हुन् ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्षमा थेवे र पुरीले प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । थेवे वर्तमान अध्यक्ष र पुरी महासचिव हुन् ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान विद्युतीय भोटिङ मशिनमार्फत् मतदान भएको थियो ।
१४०४ मत खसेको युवा संघले जनाएको छ ।
हालसम्म लुम्बिनी, अन्तर जिल्ला, गण्डकी, कर्णाली र सुदूरपश्चिमको गणना सकिएको छ ।