
नेकपा एमालेका नेता गोकुल बास्कोटाले कसैले फू गर्दैमालोकतन्त्र नढल्ने दाबी गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले लोकतन्त्र जरा नभएको रुख होइन भन्दै कसैले फू गर्दैमा नढल्ने बताएका हुन् ।
लोकतन्त्र विशाल संरचना, अभ्यास र जनता स्वयं संलग्न पद्धति भएको उनको भनाइ छ ।
'लोकतन्त्र कसैले फू गर्दा ढलिहाल्ने जरा नभएको रुख होइन। विशाल संरचना, अभ्यास र जनता स्वयं संलग्न पद्धतिसमेत हो,' उनले लेखेका छन्, 'जहाँ व्यक्तिले होइन सामाजिक मूल्य, मान्यता र जन अनुमोदित राजनीतिक प्रणालीले शासन चलाउँछ।'