०४ साउन २०८३, सोमबार

दोहोरो अंकले बढ्यो नेप्से, साढे ८ अर्बको कारोबार

जेठ १४, २०८२
काठमाडौं
दोहोरो अंकले बढ्यो नेप्से, साढे ८ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ । बुधबार नेप्से परिसूचक १६.५५ अङ्कले बढेर २६९२.१८ को विन्दुमा कायम भएको हो ।

यस दिन बजारमा २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब ५८ करोड ६० लाख ४ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन मङ्गलबार मात्रै नेप्से परिसूचक ०.८५ अङ्कले बढेर २६७५.६२ को विन्दुमा बन्द भएको थियो । यस दिन बजारमा ६ अर्ब ५२ करोड ७८ लाख  ३९ हजार रुपैयाँको कारोबार भएको थियो । 

आज ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

कारोबारका आधारमा ङादी ग्रुप पावर १ अर्ब ५ करोड ७३ लाख ६० हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । 

बुधबार बजार पुँजीकरण ४४ खर्ब ८३ अर्ब रुपैयाँ बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्