२३ असार २०८३, मंगलबार

सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एन्ड स्पामा १० प्रतिशत छुट

जेठ १४, २०८२
काठमाडौं
सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एन्ड स्पामा १० प्रतिशत छुट

सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एन्ड स्पा बौद्धबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले लाइल्याक वेलनेस एन्ड स्पा काठमाडौंमा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्