
बझाङ जिल्लाको मष्देव क्षेत्रलाई केन्द्रविन्दु बनाई ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साँझ १८:२७ बजे उक्त भूकम्प गएको हो। भूकम्पको धक्का बझाङ जिल्लाका वरपरका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो।
हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन।