२४ जेठ २०८३, आइतबार

प्रदर्शनका लागि राजावादीले पाए २ बजेपछिको समय

जेठ १४, २०८२
काठमाडौं
प्रदर्शनका लागि राजावादीले पाए २ बजेपछिको समय

 राजधानीको शान्तिबाटिका क्षेत्रमा राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले बिहीबार प्रदर्शन गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिउँसो २ बजेपछि प्रदर्शन गर्नेगरी समय उपलब्ध गराएको हो। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन लावतीका अनुसार साढे १ बजेसम्म राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालिने र त्यसपछि शान्तिबाटिकामा भेला भई शान्तिपूर्ण प्रदर्शन सुरु गरिने छ।

राजावादी समूहले वर्तमान राजनीतिक व्यवस्थालाई चुनौती दिँदै बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन गर्न लागेको हो। 

salt training

कमेन्ट गर्नुहोस्