२४ जेठ २०८३, आइतबार

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री राणाबीच द्विपक्षीय भेटवार्ता

जेठ १५, २०८२
काठमाडौं
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री राणाबीच द्विपक्षीय भेटवार्ता

नेपाल भ्रमणमा रहेका न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूबीच प्रतिनिधिमण्डलस्तरमा दुई देशका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

दुई पक्षले आगामी दिनमा आपसी सहयोगका विभिन्न विषयमा दिगो साझेदारीका लागि सहमति गरेका छन् ।

भेटपछि परराष्ट्रमन्त्री राणाले ऐतिहासिक भेटवार्ता भएको र नेपाल–न्युजिल्यान्डबीच सम्बन्ध थप प्रगाढ बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेकी छन् । न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स दुईदिने नेपालको औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका हुन् । उनको यो पहिलो नेपाल भ्रमण हो ।

उपप्रधानमन्त्री पिटर्सले हिजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्