२३ असार २०८३, मंगलबार

म्याग्दीको एउटा विद्यालयको अवस्था : तीन विद्यार्थी, शिक्षक र कर्मचारी पनि तीन !

जेठ १५, २०८२
म्याग्दी
म्याग्दीको एउटा विद्यालयको अवस्था : तीन विद्यार्थी, शिक्षक र कर्मचारी पनि तीन !
फाइल तस्वीर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर  छ । 

कक्षा ५ सम्म अध्यापन हुने यो विद्यालयमा तीन जना विद्यार्थी छन् । कक्षा ३ मा दुई र कक्षा ४ मा एक जना विद्यार्थी छन् । प्रधानाध्यापक रामचन्द्र पाइजाका अनुसार विद्यालयमा एक जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना कार्यालय सहयोगी छन् । 

'तीन वर्षयता विद्यालयमा विद्यार्थी आएका छैनन्,' उनले भने, 'भएका विद्यार्थी पनि गएपछि बालकक्षा, कक्षा १, २ र ५ विद्यार्थीविहीन भएको हो ।'  

स्वाँत गाउँमा ७० घर भए पनि हाल केही परिवारको  मात्र बसोबास छ । विद्यार्थी सङ्ख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपरेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए । 

स्वाँतको छिमेकी गाउँ किन्दु आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्