२६ जेठ २०८३, मंगलबार

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त

जेठ १५, २०८२
काठमाडौं
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त

नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्कटल्यान्डमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ का लागि कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथासलाई नियुक्त गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथासलाई नियुक्त गरिएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि उनीसँग श्रीलङ्का, वेस्ट इन्डिज र बङ्गलादेशका राष्ट्रिय टोलीसँग आबद्ध रहेको अनुभव छ । 

नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तयारीमा छ ।

यही जेठ १९ देखि २९ गतेसम्म स्कटल्यान्डमा हुने उक्त शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

पोथसको सहयोगमा नेपाली टोलीले प्रदर्शनमा सुधारसहित उत्कृष्ट खेल्ने अपेक्षा गरिएको क्यानका जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्