०६ साउन २०८३, बुधबार
आव २०८२/०८३ को बजेट

कृषिमा आधुनिकीकरण र खाद्य सम्प्रभुताको प्रत्याभूति, ३ अर्ब ५० करोड विनियोजन

जेठ १५, २०८२
काठमाडौं
कृषिमा आधुनिकीकरण र खाद्य सम्प्रभुताको प्रत्याभूति, ३ अर्ब ५० करोड विनियोजन

सरकारले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै अर्थतन्त्रको रूपान्तरण गर्ने योजना अघि सारेको छ। 

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषिको उत्पादकत्व वृद्धि गरी खाद्य सम्प्रभुता सुनिश्चित गरिने बताए।

उनका अनुसार सामूहिक सहकार्यका मोडेल र निजी फर्महरूमार्फत् कृषिलाई व्यवसायिक र आधुनिक बनाइनेछ। यसका लागि ३ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

अर्थमन्त्रीले कृषिमा प्रविधिको प्रयोग, आधुनिक प्रणाली तथा बजारमैत्री उत्पादन प्रणालीमार्फत् कृषि क्षेत्रलाई मुलुकको आर्थिक मेरुदण्ड बनाउने सरकारको लक्ष्य रहेको बताए।
 

कमेन्ट गर्नुहोस्