०७ साउन २०८३, बिहीबार

६ लाख मेट्रिक टन रासायनिक मल आयातका लागि २८ अर्ब विनियोजन

जेठ १५, २०८२
काठमाडौं
६ लाख मेट्रिक टन रासायनिक मल आयातका लागि २८ अर्ब विनियोजन

सरकारले कृषिको उत्पादकत्व वृद्धि र समयमै मल आपूर्तिका लागि आगामी आर्थिक वर्षमा ६ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने भएको छ। 

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो प्रयोजनका लागि २८ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

उनले कृषि क्षेत्रको आधुनिकीकरण र खाद्य सुरक्षालाई सुनिश्चित गर्न मल आपूर्तिलाई प्राथमिकतामा राखिएको उल्लेख गरे। 

समयमै मल उपलब्ध गराउन निजी क्षेत्रसँगको सहकार्य तथा प्रणाली सुधारमा समेत जोड दिइने अर्थमन्त्रीको भनाइ थियो।  

प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्