१९ असार २०८३, शुक्रबार

सहकारी क्षेत्रमा सुधार- वर्गीकरण, एकीकरण र कडा नियमनको घोषणा

जेठ १५, २०८२
काठमाडौं
सहकारी क्षेत्रमा सुधार- वर्गीकरण, एकीकरण र कडा नियमनको घोषणा

सरकारले सहकारी क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ योजना अघि सारेको छ । 

संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहकारी संस्थाहरूको वर्गीकरण र एकीकरण गरिने उल्लेख गरे ।

उनले बचत तथा ऋण सहकारीहरूको प्रभावकारी नियमन गर्ने नीति अवलम्बन गरिने उल्लेख गरे । सहकारीको रकम अपचलन गर्ने व्यक्तिहरूको सम्पत्ति र राहदानी रोक्का गरी बचतकर्ताको रकम फिर्ता गर्न विशेष कोष स्थापना गरिएको उनले जानकारी दिए । 

‘बचतकर्ताको हित संरक्षण गर्न र सहकारी क्षेत्रमा विश्वास कायम राख्न यी कदम चालिएका छन्,  अर्थमन्त्री पौडेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्