
सरकारले युवालाई स्टार्टअपका लागि ३ प्रतिशत ब्याजदरमा कर्जा दिने घोषणा गरेको छ ।
सदनमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ‘काम खोज्न होइन, काम दिने युवा’को लागि भन्दै सहुलियत कर्जा दिने घोषणा गरेका हुन् ।
स्टार्टअप कर्जाको लागि ७३ करोड बजेट विनियोजन गरिएको छ ।