
सरकारले सामुदायिक विद्यालयमा दिवा खाजाका लागि १० अर्ब १९ करोड रूपैयाँ विनियोजन गरेको छ ।
गत आर्थिक वर्षभन्दा २ अर्ब रकम बढाउँदै सरकारले बजेट विनियोजन गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन सरकार कटिबद्ध रहेको बताएका छन् ।
शैक्षिक गुणस्तर बढाउन पाठ्यक्रम, पूर्वाधार, क्यालेन्डरसहितका विषयमा प्रभावकारी योजना प्रस्तुत गरेको उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलका अनुसार यो बजेटबाट देशभरका सरकारी विद्यालयमा पाँच कक्षासम्म पढ्ने १० लाख विद्यार्थी लाभान्वित हुनेछन् ।