
सरकारले शिक्षित युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विनाधितो २ लाखदेखि २० लाख रूपैयाँसम्म कर्जा ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने घोषणा गरे ।
उनले देशभित्र स्वरोजगार र व्यावसायिक क्रियाकलापमा युवाहरूको संलग्नता बढाउन यो योजना ल्याइएको स्पष्ट पारे ।
यस कार्यक्रममार्फत् प्रविधि, कृषि, सेवा, पर्यटन र अन्य उत्पादनशील क्षेत्रमा युवाहरूलाई उद्यम गर्न प्रोत्साहन गरिनेछ ।