
सरकारले ऊर्जा क्षेत्रको सुदृढीकरण गर्दै भरपर्दो विद्युत् आपूर्ति तथा निर्यातको सुनिश्चितताका लागि पहल गर्ने भएको छ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले देशभर गुणस्तरीय र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराइने बताएका हुन्।
उनले विद्युत् निर्यातलाई स्थायी बनाउने उद्देश्यले छिमेकी मुलुकहरूसँग कूटनीतिक तहमा आवश्यक पहल गरिने जानकारी दिए।
साथै, स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि ग्रीन हाइड्रोजन प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइने बजेटमा उल्लेख गरिएको छ।
सरकारको योजनाअनुसार ऊर्जा उत्पादन, प्रसारण र वितरणमा दीर्घकालीन पूर्वाधार विस्तारका कार्यक्रमहरू अगाडि बढाइनेछ।