![जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ [ड्रोन तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rato_Machhindranath_4_3tiTRSlm2X.jpg)
रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ । बिहीबार अपरान्हदेखि रथ तान्न शुरू गरेर साँझ जावलाखेल पुर्याइएको हो ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जावलाखेल पुर्याएसँगै अब आइतबार भोटो जात्रा मनाइनेछ ।
रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने सबैभन्दा लामो जात्रा हो । मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएर असार शुक्ल चतुर्थीसम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।
पुल्चोकमा रथारोहण गरी शुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।











