१२ असार २०८३, शुक्रबार

वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने

जेठ १५, २०८२
काठमाडौं
वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने

वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ ।
 
    सङ्घीय संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाउने उल्लेख गरिएको हो । काठमाडौँ उपत्यकाका नदी किनारका करिडोर सडकलाई विस्तार गर्दै लगिने अर्थमन्त्री पौडेलले बताउनुभयो । यसका लागि रु तीन अर्ब ४२ करोड बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

    वाग्मती स्वच्छ बनाउन आर्थिक वर्ष २०५०/५१ देखि नै बजेट विनियोजनसहित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्थापना गरे पनि अझै नदी सफा हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०५०/५१ देखि नै विनियोजन गरेको बजेट सदुपयोग नभएकाले वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदी सफा हुन नसकेको गुनासो सुनिने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्