
काठमाडौं, ६ पुस–काभ्रेको घर्तीछाप ८ डाँडापारीमा सरकारी गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको काभ्रे प्रहरीले जनाएको छ ।
घाइतेमध्ये कार्यालय प्रमुख दुर्गा प्रसाद पण्डित, चालकतिललक बहादुर बस्नेत र माओवादी केन्द्रका नेता इन्द्र बहादुर थिङ छिन्ताङ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर पठाउने तयारी गरिएको छ । दुर्घटना स्थलमा प्रहरी पुगिनसकेका कारण घटनाको पूर्ण जानकारी नआएको काभ्रे प्रहरीले जनाएको छ ।