२५ जेठ २०८३, सोमबार

गाजाको उत्तरी भागमा अराजकता र लुटपाट

जेठ १६, २०८२
काठमाडौं
गाजाको उत्तरी भागमा अराजकता र लुटपाट

इजरायली आक्रमणको सामना गरिरहेको गाजाको उत्तरी भागको मुख्य शहरमा अराजकता र लुटपाटको अवस्था सिर्जना भएको छ।

विगत केही हप्तादेखि यस क्षेत्रमा आवश्यक सहयोग पुग्न सकेको छैन। यहाँ बस्ने प्यालेस्टिनीहरू खानाको खोजीमा भौतारिरहेको बीबीसीले जनाएको छ ।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयले बिहीबार गाजा शहरको बजारमा तैनाथ आफ्ना सात प्रहरी अधिकारीहरू इजरायली हवाई आक्रमणमा मारिएको बताएको छ। हमासका अनुसार यी अधिकारीहरू व्यवस्था कायम राख्न र 'लुटेराहरू'सँग सामना गर्न संलग्न थिए।

इजरायली सेनाले यस घटनामा कुनै टिप्पणी गरेको छैन, तर विगत केही दिनमा गाजामा 'दर्जनौं आतंकवादी लुकेका ठाउँहरू'मा आक्रमण गरेको बताएको छ।

salt training

कमेन्ट गर्नुहोस्