२४ जेठ २०८३, आइतबार

गण्डकीमा ‘राइड सेयरिङ’को विरोधमा सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणलाई सास्ती

जेठ १६, २०८२
काठमाडौं
गण्डकीमा ‘राइड सेयरिङ’को विरोधमा सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणलाई सास्ती
फाइल तस्वीर

गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सेवालाई कानुनी रूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली खारेज गर्नुपर्ने मागसहित गरिएको सार्वजनिक सवारीसाधन बन्दका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्वमा गण्डकीका सवारी व्यवसायीले नियमावलीको विरोधमा आजदेखि सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् । सार्वजनिक यातायात सेवा बन्द भएका कारण टाढाटाढा जानुपर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

पोखरा ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले आफूहरूको आन्दोलनका कारण आज बिहानैदेखि आज गण्डकी प्रदेशभित्र ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा बन्द भएको बताए । 

उनले आजदेखि गण्डकीभित्र र जेठ १९ गतेदेखि देशभर सवारी अवरुद्ध गर्ने कार्यक्रम रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्