२७ जेठ २०८३, बुधबार
वैदेशिक रोजगारीको चित्र

श्रम स्वीकृति लिनको संख्या ६४ लाख पुग्यो, ८ महिनामा ३ लाख १७ हजारले लिए

जेठ १६, २०८२
काठमाडौं
श्रम स्वीकृति लिनको संख्या ६४ लाख पुग्यो, ८ महिनामा ३ लाख १७ हजारले लिए

वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिनेको संख्या ६४ लाख ६१ हजार पुगेको छ । चालु आर्थिक वर्षको ८ महिनामा मात्र ३ लाख १७ हजारले श्रम स्वीकृति लिएका छन् । 

आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षणमा अहिलेसम्म श्रम स्वीकृति लिनेको संख्या ६४ लाख पुगेको उल्लेख छ । 

‘२०८१ फागुनसम्म वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिनेको संख्या ६४ लाख ६१ हजार १९ (९३ दशमलव ३ प्रतिशत पुरुष र ६ दशमलव ९ प्रतिशत महिला) रहेका छन्,’ आर्थिक सर्वेक्षणको बुँदा नम्बर ६ः१० मा उल्लेख छ । ​

null

चालु आर्थिक वर्षको ८ महिना (साउन देखि फागुन सम्म)मा मात्र ४१ हजार ३ सय २० महिला र २ लाख ७५ हजार ७ सय ४३ पुरुष गरी ३ लाख १७ हजार ६३ जनाले श्रम स्वीकृति लिएका आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

चालु आर्थिक वर्षमा सबभन्दा बढी यूएई जान श्रम स्वीकृति लिएका आर्थिक सर्वेक्षणले जनाएको छ । ८ महिनाको अवधिमा इपीएसमार्फत ७ हजार ९ सय ५ जना नेपाली कामदार दक्षिण कोरिया गएका आर्थिक सर्वेक्षणले देखाएको छ ।​

वैदेशिक रोजगारीका लागि १११ देश खुला गरिएको छ भने १ हजार ६ सय ७० कम्पनीलाई श्रमिक पठाउन इजाजत दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्