
कैलालीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका- १३ राजपुर चोकमा अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सु प प्र ०१-००१ प २६४५ नम्बरको टिपरको ठक्करबाट बैतडी पाटन नगरपालिका- ६ बस्ने ५३ वर्षीय मन्दिरसिंह विष्टको शुक्रबार बिहान मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।