१२ असार २०८३, शुक्रबार

राजावादी आन्दोलनको तेस्रो दिनमा : बालुवाटारतर्फ अघि बढ्यो र्‍याली, सुरक्षा व्यवस्था कडा

जेठ १७, २०८२
काठमाडौं
राजावादी आन्दोलनको तेस्रो दिनमा : बालुवाटारतर्फ अघि बढ्यो र्‍याली, सुरक्षा व्यवस्था कडा

राजतन्त्र पुनःस्थापनाको मागसहित काठमाडौंमा जारी राजावादीहरूको आन्दोलन आज तेस्रो दिनमा प्रवेश गरेको छ।

शनिबारको प्रदर्शन शान्तिवाटिकाबाट शुरू भएर बालुवाटारतर्फ अगाडि बढेको छ ।

'संयुक्त जनआन्दोलन समिति'को नेतृत्वमा भएको प्रदर्शनका लागि शुरूमा नारायणहिटी दरबार क्षेत्रलाई केन्द्र बनाउने तयारी गरिएको थियो । 

तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि प्रदर्शन स्थल परिवर्तन गरेर शान्तिवाटिकामा भेला गरेका थिए ।​

राजावादी समूहले राजसंस्थाको पुनःस्थापना र वर्तमान व्यवस्थाविरुद्ध आवाज उठाउँदै आन्दोलन थालेको हो ।

null

null

salt training

कमेन्ट गर्नुहोस्