१६ असार २०८३, मंगलबार

कांग्रेस र एमालेसँगको सहकार्यमा राम्रो अनुभव भएन, अब गर्दैनौं : प्रचण्ड

जेठ १७, २०८२
काठमाडौं
कांग्रेस र एमालेसँगको सहकार्यमा राम्रो अनुभव भएन, अब गर्दैनौं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेसँग सहकार्य गरेर सरकार बनाउँदा राम्रो अनुभव नभएको बताएका छन् ।

शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारमा जाँदा पटक-पटक कांग्रेस र एमालेसँग सहकार्य गरेको तर त्यसबाट राम्रो अनुभव नभएको उनले बताए । 'हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो । उनीहरूको रोग त फेरि सरुवा रोग हो। अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छौं । हामी अब उनीहरूसँग सहकार्य गर्दैनौं,' उनले भने ।

प्रचण्डले सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गरेको कारण दलाल र बिचौलिया अत्तालिएर सरकारविरुद्ध लागेको बताए । 

उनले जनतामाझ गएर व्यवहारबाटै माओवादीलाई सच्याएर जनताको असली पार्टीको रूपमा माओवादीलाई अगाडि बढाउने प्रतिबद्धता गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्