२३ असार २०८३, मंगलबार

सरकार आन्दोलनदेखि डराएको प्रमाणित भयो : राजेन्द्र लिङ्देन

जेठ १७, २०८२
काठमाडौं
सरकार आन्दोलनदेखि डराएको प्रमाणित भयो : राजेन्द्र लिङ्देन

राप्रपा कार्यसम्पादन समितिको बैठकले आन्दोलनलाई निरन्तरता राख्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले आगामी कार्यक्रमहरु अझै मजबुत तरिकाले अगाडि बढाउने गरि बैठकमा छलफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले भने, ‘जेठ १५ गते र १६ गते भएको कार्यक्रमबारे समीक्षा भयो । आगामी कार्यक्रम पनि अझै मजबुत बनाउने भनेर बैठकमा छलफल गरिएको छ । शनिबार (आज) पनि शान्तिबाटिकामा जम्मा भएर आन्दोलनलाई निरन्तरता दिने निर्णय भयो ।’
साथै उनले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै हिजोसम्म  निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल शक्तिहरु त्यहाँ प्रर्दशन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको स्पष्ट देखिएको उनले बताए । उनले निषेधित क्षेत्र तोकेर सरकार कमजोर भयो भन्ने कुराको प्रमाणीत गरेको समेत बताए ।  
 

salt training

कमेन्ट गर्नुहोस्