
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया प्रस्थान गरेका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार आयोजना हुने नेपाली श्रमिकहरूसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।
जसपा नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादव जसपा नेपालको प्रवास संठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठन कार्यक्रममा पनि सहभागी हुनेछन् ।
यादव नेतृत्वको टोली यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।