१२ असार २०८३, शुक्रबार

चित्लाङबाट आउँदै गरेको मोटरसाइकल चन्द्रागिरिमा दुर्घटना, एक महिलाको मृत्यु

जेठ १८, २०८२
काठमाडौं
चित्लाङबाट आउँदै गरेको मोटरसाइकल चन्द्रागिरिमा दुर्घटना, एक महिलाको मृत्यु

मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको एउटा मोटरसाइकल दुर्घटनामा परेको  छ ।

चन्द्रागिरि नगरपालिका-४ पानीघाटमा शनिबार राति प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका-१ की ३६ वर्षीया सुनिता बलामी रहेकी छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक ककनीकै मानबहादुर बलामी घाइते भएका छन्।  उनको एपीएफ अस्पतालमै उपचार भइरहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्