
योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)को तेस्रो राष्ट्रिय सम्मेलन शुरू भएको छ।
तेस्रो राष्ट्रिय सम्मेलनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार उद्घाटन गरेका हुन् ।
‘उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन ! सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन !!’ भन्ने नाराका साथ शुरू भएको सम्मेलनले भोलिसम्ममा भावी नेतृत्व चयन गर्नेछ ।
काठमाडौंस्थित प्रज्ञा भवनमा जारी सम्मेलनमा पार्टीका शीर्ष नेताहरू, प्रतिनिधिहरू र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता छ ।