०३ साउन २०८३, आइतबार

कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट शुरू हुन्छ

जेठ १८, २०८२
काठमाडौं
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट शुरू हुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापनाका लागि भोलि (सोमबार)बाट खास लडाइँ शुरू हुने बताएका छन् । 

काठमाडौंको नारायण चौरबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तत्काल रिहा गर्न माग गर्दै उनले यस्तो बताएका हुन् ।

'राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई गिरफ्तार गरियो भन्ने सुनेको छु, नेपाल सरकार, गृहमन्त्री र यहाँ कमान्ड गरिरहेका प्रहरी प्रमुखलाई मेरो आग्रह छ, तपाईंहरूले कमल थापालाई यहीँ ल्याइदिनुस्, होइन भने काठमाडौं बाहिरबाट अरु साथीहरू बोलाउँछौं, खास लडाइँ भोलिबाट शुरू हुन्छ ।

प्रधानमन्त्रीले धम्क्याउन खोजेको भन्दै उनले प्रहरी प्रशासनलाई संयमता अपनाउन आग्रह गरे ।

राजसंस्था पुनःस्थापनाका लागि भन्दै राजावादीले बिहीबारदेखि राजधानी केन्द्रित प्रदर्शन गरिरहेका छन् ।

शनिबार दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा लगाइएपछि राजावादी समूह रत्नपार्कबाट बालुवाटारतर्फ लागेको थियो । आइतबार नारायण चौरमा भेला भएका प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा थिए ।

प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अगाडि बढ्न खोजेपछि थापा पक्राउ परेका हुन् । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्