१९ असार २०८३, शुक्रबार

ट्रकसहित अवैध काठ बरामद

जेठ १८, २०८२
कञ्चनपुर
ट्रकसहित अवैध काठ बरामद

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मीबाट प्रहरीले ट्रकसहित १६३ दशमलव ९७ क्यूफुट अबैध काठ बरामद गरेको छ ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार इलाका प्रहरी कार्यालय शङ्करपुरबाट गस्तीमा रहेको प्रहरीको टोलीले सुपप्र ०२–००१ ख १०८७ नम्बरको ट्रकमा लोड गरेको अवस्थामा आँपका ४९ (१२८ दशमलव ६२ क्यूफुट) गोलिया र मसाल जातका ३७ (३३ दशमलव ९७ क्यूफुट) गोलिया बरामद गरेको छ । 

 ट्रक चालक बेदकोट नगरपालिका–५ पोलखरीका ४३ वर्षीय गणेशबहादुर बोहरालाई नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय लालझाडीलाई बुझाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्