०३ साउन २०८३, आइतबार

भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट

जेठ १८, २०८२
काठमाडौं
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट

 एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा गरिएको छ । भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालमध्ये भक्तपुर अस्पताल १०० पूर्णाकमा ९० अङ्क प्राप्त गर्दै सर्वोत्कृष्ट अर्थात् पहिलो भएको घोषणा गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथो पटक प्रथम हुन सफल भएको उल्लेख गर्दै अस्पतालको गुणस्तरमा कुनै कमि आउन नदिन कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताए । 

घोषणाअनुसार लुम्बिनी प्रदेशिक अस्पतालले ८९ अङ्क प्राप्त गरी दोस्रो र भरतपुर अस्पताल ८८ अङ्क प्राप्त गरी तेस्रो भएका  छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्