
संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय सचिवालय र संसदीय दलको बैठक डाकेको छ।
पार्टी कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार अपराह्न १ बजे सचिवालय बैठक बस्नेछ भने ३ बजे संसदीय दलको बैठक सुरु हुनेछ।
दुवै बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने तय गरिएको छ। बैठकहरूमा हालको राजनीतिक परिदृश्य, भिजिट भिसा सम्बन्धी विवाद, गृहमन्त्री रवि लामिछानेको राजीनामाबारे उत्पन्न बहस र पार्टीका हालका गतिविधिबारे विस्तृत छलफल हुने जनाइएको छ।
यसैगरी मंगलबारदेखि प्रतिनिधिसभा बैठक बस्ने भएकाले बैठकमा पार्टीको रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।