३१ जेठ २०८३, आइतबार

विमानस्थलबाट अवैध सुन सहित चिनिया नागरिक पक्राउ

मंसिर १९, २०७४
विमानस्थलबाट अवैध सुन सहित चिनिया नागरिक पक्राउ

काठमाडौं, १९ मंसिर –त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौरचणमा एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौं आएका चिनिया नागरिक तीन किलो सुन सहित पक्राउ परेका छन् । 

राहदानी नम्बर ई ००१००९८६  रहेका कोउजीजेहुमा अवैध सुन सहित पक्राउ परेका हुन । उनी ४ थान सुनको साधारण वाला र २ थान विस्कुट आकारको सुन गरी जम्मा ३ हजार ग्राम सुन सहित सोमबार पक्राउ परेका हुन् ।

अनुसन्धानको क्रममा बरामद सुन बिमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त महानगरीय प्रहरी प्रभाग कोटेश्वरको थुनामा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्