३२ असार २०८३, बिहीबार

यथार्थमा आधारित बजेट आएको छ, आलोचना सुन्नु परेको छैन :  अर्थमन्त्री पौडेल

जेठ २१, २०८२
काठमाडौं
यथार्थमा आधारित बजेट आएको छ, आलोचना सुन्नु परेको छैन :  अर्थमन्त्री पौडेल
फाइल तस्वीर

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी आर्थिक वर्ष २०८२ /८३ को बजेट आएको बताएका छन् । 

नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयक छलफलमा उनले देशको आवश्यकता र उपलब्ध स्रोतको बीचमा रहेर बजेट निर्माण भएको जानकारी दिएका हुन् । 

'पूर्वाधार निर्माणमा सबैले भोग्दै आएको समस्या समाधानका लागि केही सुधारका प्रयास गरेका छौँ, यी सुधार आगामी दिनमा परिणाममुखी बन्न सकोस्, बजेट एउटा अङ्कको दस्ताबेज मात्रै हो, यसको विश्वसनीयतामाथि प्रश्न नउठ्नेगरी यथार्थमा आधारित रहेर बजेट आएको छ, आलोचना सुन्नुपरेको छैन, उनले भने ।

उपप्रधानमन्त्री पौडेलले बजेट अनुशासनका दृष्टिकोणले स्रोतको सही व्यवस्था गर्नेगरी पुँजीगत खर्चको लागि बजेट व्यवस्थापन गरिएको बताए । 'हामीले विगतमा साधारण खर्चलाई वृद्धि गर्दै आएका थियौँ, त्यसलाई निश्चित सीमामा बाँध्न कठिन प्रयास गरिएको छ, सार्वजनिक खरिद ऐनको विषयमा लामो समयदेखि चर्चा चल्ने गरेको छ, केही समय अगाडि भएको १४औँ संशोधनले केही कुरा समाधान गरेको छ, सबैका सुझाव सङ्कलन गरेर नेपालको निर्माण क्षेत्र सार्थक रूपमा अगाडि बढ्न सकोस् भन्नेगरी संशोधन गर्न तत्पर छौं,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्