१२ साउन २०८३, मंगलबार
गतिरोध अन्त्यका लागि सभामुखको पहल

सभामुखसँगको छलफलमा ‘टसमस भएनन्’ सत्ता र प्रतिपक्ष, आ-आफ्नै अडान कायम

जेठ २१, २०८२
काठमाडौं
सभामुखसँगको छलफलमा ‘टसमस भएनन्’ सत्ता र प्रतिपक्ष, आ-आफ्नै अडान कायम

निरन्तर अवरुद्ध भइरहेको संसद् खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकसँग छलफल गरेका छन् । छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया पनि सहभागी भए ।

तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नो अडानबाट टसमस भएनन् । दुवै पक्षले आफ्न अडान कायम रहेको सभामुखको सचिवालयले जनाएको छ । 

बुधबार दिउँसो १ बजेका लागि भनेर तय भएको बैठक अझै बस्न सकेको छ । बैठकअघि सभामुख नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा लगायतका दलका प्रमुख सचेतसँग छलफल गरेका थिए । 

मंगलबार पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन । दुई पटक सूचना टाँसेर बस्दै नबसी बुधबारसम्मका स्थगित  भएको थियो । 

भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलको माग छ भने सत्तापक्ष त्यसमा तयार छैन । सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ । 

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने समेत माग राखेका छन् । सत्ता पक्ष समिति गठनका लागि तयार नभएकोले बैठक अवरोध कायम राख्ने विपक्षी दलको रणनीति छ । 

salt training

कमेन्ट गर्नुहोस्