
ललितपुरमा बाटो बनाउने क्रममा पोल ढलेर लाग्दा एक जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर स्थानीय रमेश खड्गीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा स्काभेटरले पोल उठाउँदा सो पोलले लागेर खड्गीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।
उनका अनुसार घटनाको विरोधमा सातदोबाटोबाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध पारेका छन् । प्रहरीले जेसीबीका चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी जोशीले दिए ।