२८ असार २०८३, आइतबार

लाइसेन्स छाप्ने काम तीन दिन बन्द हुने

जेठ २१, २०८२
काठमाडौं
लाइसेन्स छाप्ने काम तीन दिन बन्द हुने

यातायात व्यवस्था विभागले आउँदो हप्ता तीन दिन सवारी चालक अनुमति पत्र (लाइसेन्स) नछाप्ने भएको छ । 

प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक लाइसेन्स छपाइ कार्य बन्द हुने विभागले बताएको छ । विभागका अनुसार यही जेठ २७,२८ र २९ गते लाइसेन्स छपाइ कार्य बन्द हुनेछ । 

‘यही मिति २०८०/०२/२७ देखि २०८०/०२/२९ गतेसम्म ३ दिन  यस विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने भएकाले उक्त अवधिमा  अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले २०८०/०२/२५ गते अगावै निवेदन बुझाई स्वीकृत भएको समेत यकिन गर्नुहुन अनुरोध गर्दछौं’ विभागद्वारा जारी सूचनामा भनिएको छ।

विभागले वैदेशिक रोजगारीमा जाने लगायतका व्यक्तिहरूको अत्यावश्यक लाइसेन्स छपाइ गर्ने गर्छ । नियमित छपाइ भने निकै सुस्त छ । 

null

salt training

कमेन्ट गर्नुहोस्