१२ असार २०८३, शुक्रबार

म्यानमारबाट तीन नेपालीको उद्धार

जेठ २१, २०८२
काठमाडौं
म्यानमारबाट तीन नेपालीको उद्धार

म्यानमारबाट तीन नेपालीको उद्धार गरिएको छ । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका उनीहरूलाई नेपाली दूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको हो । 

उनीहरूलाई बुधबार नेपाल पठाइएको दूतावासले जनाएको छ ।  

‘अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्याण्डको बैंकक हुँदै ३ जना पुरुषलाई २०८२ जेठ २१ गतेका दिन नेपाल फर्काइएको छ’, दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पनि अनुरोध गरेको छ।

कसैको प्रलोभनमा परेर छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका मुलुकमा वैदेशिक रोजगारीमा नआउन समेत दूतावासले आग्रह गरेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्